Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

गोसाइँकुण्ड जाने वैकल्पिक पदमार्ग ओझेलमा

गोसाइँकुण्ड जाने वैकल्पिक पदमार्ग ओझेलमा
फाइल फोटो
A A+ A-

काठमाडौं। रसुवामा भोटेकोशीको बाढीले मुख्य सडक र पदमार्गमा क्षति पुर्याएपछि गोसाइँकुण्ड जाने वैकल्पिक मार्गको खोजी बढेको छ।

दुप्चेश्वर हुँदै गोसाइँकुण्ड पुग्ने पदमार्ग प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।

काठमाडौंको टोखाबाट छहरे, घ्याङफेदी, सिसिपु, तालु, फेदी र हाइक्याम्प हुँदै सूर्यकुण्ड पुगेर गोसाइँकुण्ड जान सकिने यो पदमार्ग छोटो र आकर्षक रहेको स्थानीय व्यवसायी बताउँछन्। पौराणिक कथाअनुसार भगवान् शिवले विष सेवन गरेपछि शान्तिका लागि यहाँ पुगेको र त्रिशूलले खोपेर त्रिशूलधाराको उत्पत्ति गराएको विश्वास गरिन्छ। गोसाइँकुण्ड क्षेत्रमा भैरव, सूर्य, सरस्वती, गणेश, दुध र पार्वती कुण्डसहित १०८ वटा कुण्डहरू छन्।

सन् १९९२ मा दुर्घटनाग्रस्त थाई एयरवेजको विमानको अवशेष पनि यही पदमार्गमा पर्दछ। सिसिपु, तालु, फेदी र हाइक्याम्पमा होटल तथा होमस्टेहरू सञ्चालित भए पनि पर्यटकको संख्या नियमित नहुँदा व्यवसाय सञ्चालन चुनौतीपूर्ण बनेको छ। व्यवसायीहरूले राष्ट्रिय निकुञ्जलाई तिर्नुपर्ने उच्च राजस्व र वार्षिक १० प्रतिशत वृद्धिले आर्थिक भार थपेको गुनासो गरेका छन्।

स्थानीय होटल सञ्चालक शेर्पाल तामाङका अनुसार यस पदमार्गमा पहिरोको जोखिम छैन र सिँढी निर्माणले यात्रा सहज बनाएको छ। तर, चिसापानी र घोप्टे हुँदै आउने पर्यटकका लागि खोलामा पुल नहुँदा समस्या छ।

बाढीले पुल बगाएपछि आवतजावत झन् कठिन भएको छ। होमस्टे सञ्चालक छोपेमा शेर्पाले जनैपूर्णिमाका बेला मुख्य बाटो बन्द हुँदा यस पदमार्गमा चाप बढेको र व्यवस्थापनमा कठिनाइ भएको बताइन्।

व्यवसायीहरूले सडक स्तरोन्नति, पुल निर्माण, खानेपानीको प्रबन्ध र फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। टोखाबाट सुरु हुने यो ४ देखि ५ दिनको पदयात्रा धार्मिक र प्राकृतिक दुवै दृष्टिकोणले महत्वपूर्ण रहेको छ। प्रचारप्रसार र पूर्वाधारमा सुधार भएमा यो गन्तव्यले थप पर्यटक भित्र्याउन सक्ने सम्भावना छ।

2