Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

विराटनगरमा खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

विराटनगरमा खानेपानी आयोजना निर्माण अन्तिम चरणमा
A A+ A-

काठमाडौं। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को दुई अर्ब ५४ करोड रुपियाँ अनुदानमा विराटनगरमा निर्माणाधीन खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ।

आयोजना सम्पन्न भएपछि दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी वितरण गर्न सकिने नेपाल खानेपानी संस्थानले जनाएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शनिबार आयोजनाको निरीक्षण गर्दै नगरवासीलाई शुद्ध र गुणस्तरीय पानी उपलब्ध गराउने लक्ष्य पूरा हुने चरणमा पुगेको बताउनुभयो। निर्माणका क्रममा देखिएका जग्गा व्यवस्थापन, सडक र विद्युत् जडानसम्बन्धी समस्याहरूमा महानगरपालिकाले समन्वय र सहजीकरण गरेको थियो।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार आयोजनाको मुख्य निर्माण कार्य सकिएको छ। विद्युत् जडानलगायतका केही प्राविधिक काम बाँकी रहेकाले ती पूरा भएपछि नयाँ प्रणालीबाट वितरण सुरु गरिनेछ। संस्थानले दशैंअघि नै आयोजना सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसै बिहीबार जाइकाले आयोजना संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

हाल विराटनगरमा दैनिक करिब ९० लाख लिटर खानेपानी वितरण हुँदै आएको छ। नयाँ प्रणाली सञ्चालनमा आएपछि क्षमता वृद्धि भई दैनिक एक करोड लिटरभन्दा बढी पुग्नेछ। आयोजनाअन्तर्गत उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गर्नुका साथै पाइपलाइन, विद्युत् आपूर्ति र भण्डारण संरचनामा सुधार गरिएको छ।

देवकोटा चोक, तीनपैनी, मुनालपथ र विराटनगर-५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट पानी वितरण गरिनेछ। कोचाखाल पश्चिममा नयाँ माथिल्लो पानी ट्यांकीसमेत निर्माण गरिएको छ।

हाल संस्थानका विराटनगरमा करिब १३ हजार २०० ग्राहक छन्। नयाँ प्रणालीबाट थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन र बढ्दो जनसंख्याको माग पूरा गर्न सहज हुने विश्वास लिइएको छ।

2