Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

हेटौँडामा दुग्ध विकास संस्थानका दुई बिक्री केन्द्र सञ्चालन

हेटौँडामा दुग्ध विकास संस्थानका दुई बिक्री केन्द्र सञ्चालन
A A+ A-

हेटौँडा। दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू उपभोक्तासम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले हेटौँडामा पहिलो पटक दुई वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएका छन्।

हेटौँडा-४, हुप्रचौर नजिकको बिक्री केन्द्रको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आइतबार उद्घाटन गरे। अर्को बिक्री केन्द्र हेटौँडा-२, कान्तिराजपथमा सञ्चालनमा आएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख लामाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा यी केन्द्रले सहयोग पुर्‍याउने बताए। सञ्चालक फेन्चु लामा रुम्बाका अनुसार हुप्रचौर नजिकको केन्द्रमा करिब २० लाख रुपियाँ र कान्तिराजपथस्थित केन्द्रमा करिब १० लाख रुपियाँ लगानी गरिएको छ। यी केन्द्रहरूमा दूध, दही, मोही, याक चिज, पनिर, घ्यू, आइसक्रिम र मिठाईलगायत डीडीसीका करिब ३० प्रकारका उत्पादन उपलब्ध हुनेछन्। संस्थानले तोकेको मूल्यमा नै उपभोक्तालाई सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको सञ्चालकले जानकारी दिनुभयो।

डीडीसी हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले गुणस्तरीय उत्पादन उपभोक्तासम्म पुर्‍याउन केन्द्रहरू सहयोगी हुने बताए। संस्थानले मकवानपुर, बारा, रौतहट र सर्लाहीबाट दैनिक करिब १५ हजार लिटर दूध सङ्कलन गर्दै आएको छ। सङ्कलित दूधमध्ये करिब ५ हजार लिटर हेटौँडा, चितवन र वीरगञ्जमा खपत हुने गरेको छ भने बाँकी १० हजार लिटर काठमाडौँ पठाइन्छ। पछिल्लो समय डीडीसीका उत्पादनको बिक्रीमा वृद्धि भएको छ। विशेष गरी याक चिजको चर्चापछि संस्थानको बिक्री ४० प्रतिशतले बढेको जनाइएको छ।

2