Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण
A A+ A-

काठमाडौं। सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरिएको छ।

सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्राभावितलाई उक्त राहत रकम हस्तान्तरण गरेको हो। उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संघकी अध्यक्ष सावित्राकुमारी पौडेलले हस्तान्तरण गरेकी हुन्।

बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ र अवकाशप्राप्त सशस्त्र प्रहरी एक गरी १४ जना सम्पर्कविहीन भएका थिए भने एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए।

त्यस्तै दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूको परिवार सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई २५ हजार रुपैंयाँका दरले तथा परिवार सम्पर्कविहीन भएका सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार रुपैंयाँका दरले र घाइते भएका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत १० हजार रुपैंयाँ उपलब्ध गराइएको छ।

संघकी अध्यक्ष श्रीमती पौडेलले सम्पर्कविहीन भएकामध्ये सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरको परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्तीमगर र परिवार सम्पर्कविहीन भएका दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन्। सम्पर्कविहीन भएका बाँकी सशस्त्र प्रहरी कर्मचारीको परिवारजनसँग भेट गरी उक्त रकम प्रदान गरिनेछ।

उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्नका लागि ५० हजार ५५५ रुपैंयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

2