Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

धनकुटाबाट एक वर्षमा ४० करोड बढीको काठ निकासी

धनकुटाबाट एक वर्षमा ४० करोड बढीको काठ निकासी
A A+ A-

काठमाडौं: आर्थिक वर्ष २०८२/०८३ मा धनकुटा जिल्लाबाट निजी वन क्षेत्रबाट ४० करोड रुपियाँभन्दा बढीको काठ निकासी भएको छ। डिभिजन वन कार्यालय धनकुटाका अनुसार सो अवधिमा जिल्लाबाट कुल २४ लाख ८५ हजार क्युबिक फिट काठ निकासी भएको हो।

डिभिजन वन प्रमुख सञ्जीवराज ढकालका अनुसार विभिन्न जातका काठको न्यूनतम मूल्यका आधारमा सो निकासीको मूल्य ४० करोड रुपियाँभन्दा बढी कायम भएको हो। काठ निकासीबाट मूल्य अभिवृद्धि करमार्फत नौ करोड रुपियाँ राजस्व संकलन भएको छ। यसका साथै कोशी प्रदेश सरकारलाई सेवा शुल्कबापत एक लाख रुपियाँ बुझाइएको छ। अन्य विभिन्न शीर्षकमा गरी कुल १० करोड रुपियाँभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

धनकुटाबाट निकासी हुने काठमा सबैभन्दा बढी हिस्सा उत्तिसको रहेको छ। उत्तिसका अतिरिक्त सेतो उत्तिस, मलेदो, सल्लो र चिलाउने जातका काठ पनि ठूलो परिमाणमा निकासी हुने गरेका छन्। जिल्लाबाट काठ मुख्यतया गोलियाको रूपमा निकासी हुने गरेको छ। यसरी निकासी भएको काठ विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लामा रहेका भेनियर उद्योगहरूमा खपत हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

2