काठमाडौं: दसैँ र तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेहरूको चहलपहल निकै बढेको छ। चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न आउने सर्वसाधारणको उपस्थितिले भृकुटीमण्डपमा व्यापारिक माहोल थपिएको छ।
बजारमा विशेषगरी कपडा, जुत्ता-चप्पल र कस्मेटिक्सका सामग्री खरिद गर्नेहरूको भीड देखिन्छ। चाडपर्वको समयमा सस्तो र सुलभ मूल्यमा सामग्री पाइने भएकाले पनि यहाँ किनमेल गर्नेहरूको संख्या बढ्ने गरेको छ।
