Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

नेपाल-भारतबीच प्रविधि र पर्यटनमा सहकार्य आवश्यक: मन्त्री खनाल

नेपाल-भारतबीच प्रविधि र पर्यटनमा सहकार्य आवश्यक: मन्त्री खनाल
A A+ A-

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री खनालले द्विपक्षीय सम्बन्धलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए।

उनले भने, “कूटनीति अब परराष्ट्र मन्त्रालय, औपचारिक वार्ता र सन्धिसम्झौतामा मात्र सीमित छैन। उद्योग, व्यापार, ऊर्जा र डिजिटल भुक्तानी प्रणालीसमेत आर्थिक कूटनीतिका महत्त्वपूर्ण क्षेत्र बनेका छन्।” भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार र वैदेशिक लगानीको मुख्य स्रोत रहेको उल्लेख गर्दै मन्त्री खनालले नेपालको कुल बाह्य व्यापारमा भारतको हिस्सा ६० प्रतिशतभन्दा बढी र कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने जानकारी दिए।

मन्त्री खनालले भारतीय लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गर्दै यसले उत्पादन क्षमता वृद्धि, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने बताए। उनले नेपालको जलविद्युत् सम्भावना र भारतको ऊर्जा बजारलाई जोडेर प्रसारण पूर्वाधार र क्षेत्रीय ऊर्जा एकीकरणमा जोड दिए। डिजिटल भुक्तानी र वित्तीय प्रविधिमा सहकार्य गर्दा नेपाली युवा उद्यमीले लाभ लिन सक्ने उनको भनाइ थियो।

निजी क्षेत्रलाई आर्थिक कूटनीतिको साझेदार मान्दै मन्त्री खनालले भन्सार प्रक्रिया, ढुवानी लागत र नियामकीय जटिलता घटाउन प्रभावकारी सीमा पूर्वाधार आवश्यक रहेको बताए। उनले भने, “नेपाल-भारत आर्थिक सम्बन्धको आगामी अध्यायमा महत्त्वाकाङ्क्षालाई प्रभावकारी कार्यान्वयनसँग जोड्नुपर्छ। लगानीका ठोस उपलब्धि, व्यापारिक अवरोधको अन्त्य, उद्यम विस्तार र प्रविधि साझेदारीबाट सहकार्यको प्रगति देखिनुपर्छ।”

2