Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अर्थतन्त्रलाई गति दिने मौद्रिक नीति आवश्यक

अर्थतन्त्रलाई गति दिने मौद्रिक नीति आवश्यक
अ+ अ-

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घले सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको मनोबल बढाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । अर्थतन्त्रमा देखिएको शिथिलता, वित्तीय क्षेत्रको जोखिम र अनौपचारिक क्षेत्रको ठुलो हिस्सा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमलाई सम्बोधन गर्ने गरी नीतिगत सुधार हुनुपर्नेमा महासङ्घले जोड दिएको छ ।

आव २०८२/८३ को मौद्रिक नीतिका लागि मङ्गलबार महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिका लागि सुझाव दिएको हो । सुशासन र पूर्वाधारको कमीले नीतिगत सुधारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै महासङ्घले पूर्वाधार निर्माणलाई लक्षित गरी नीतिगत योजना ल्याउन सुझाव दिएको छ ।

कर्जा पुनर्तालिकीकरण र पुनर्संरचनासम्बन्धी ठोस कार्यक्रम समावेश गर्नुपर्ने र यो सुविधा साना, मझौला र ठुला सबै उद्योग, व्यवसायका लागि उपलब्ध गराउनुपर्ने सुझाव महासङ्घको छ । व्यवसायको प्रकृति अनुसार चालु पुँजी कर्जाको निर्णय गर्ने अधिकार सम्बन्धित बैङ्क र ऋणीलाई दिनुपर्ने सुझाव महासङ्घको छ ।

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने सन्दर्भमा लघु, घरेलु, साना र महिलाद्वारा सञ्चालित निर्यातजन्य उद्योगको प्रतिस्पर्धी क्षमता कायमै राख्न सहुलियत कर्जा उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न सुझाइएको छ ।

त्यस्तै महिला उद्यमशीलता कर्जालाई उत्पादनसँग जोडेर ब्याज अनुदानको व्यवस्थालाई व्यवस्थित गर्नुपर्ने र पाँच करोड रुपियाँसम्मको कर्जामा अधिकतम २५ प्रिमियम दरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने कार्यवाहक अध्यक्ष श्रेष्ठले धारणा राख्नुभयो ।

यसै गरी जेनजी पुस्तालाई व्यवसायमा आकर्षित गर्न नागरिक एपमार्फत व्यवसाय दर्ता र एक करोड रुपियाँसम्मको परियोजना कर्जा उपलब्ध गराउन आवश्यक रहेको ठहर महासङ्घको छ । औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने व्यक्तिको नेपालस्थित आश्रित परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने पनि महासङ्घको धारणा छ ।

हालको लक्षित कर्जा नीतिलाई परिमार्जन गरी उत्पादनमूलक उद्योग, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर निर्देशित नीति बनाउनुपर्ने आवश्यकता महासङ्घले औँल्याएको छ । महासङ्घले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना र सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको छ ।

हाल रेमिट्यान्स कम्पनीमार्फत आन्तरिक व्रिपेषण पठाउन नपाउने व्यवस्था कम्तीमा एक लाख रुपियाँसम्म आन्तरिक रूपमा पाउने र पठाउने व्यवस्था गर्नुपर्ने महासङ्घले सुझाव दिएको छ ।

आवासीय घर कर्जाको सीमा दुई करोडबाट तीन करोड रुपियाँ पु¥याउन, केवाइसीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरी विद्युतीय माध्यमबाट सम्बन्धित निकायले प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।

महासङ्घले नेपाली व्यवसायी र कम्पनीलाई विदेशमा बिक्री शाखा वा प्रशोधन कारखाना खोल्न अनुमति दिने र कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिने बजेटको घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताएको छ ।

2