Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

दुई महिनामै साढे ५ करोडको तास आयात, खेल्न भने प्रतिबन्ध

दुई महिनामै साढे ५ करोडको तास आयात, खेल्न भने प्रतिबन्ध
A A+ A-

काठमाडौं। नेपालमा तास खेल्न कानुनी रूपमा प्रतिबन्ध भए पनि यसको आयात भने बर्सेनि करोडौं रुपैयाँ बराबर हुने गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै नेपालले ५ करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको तास आयात गरेको छ ।

नेपालमा विगत लामो समयदेखि नै तास आयात हुँदै आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा ४२ करोड रुपैयाँ र त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ३१ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको तास भित्रिएको थियो । सामान्यतया नेपालले वार्षिक ३० देखि ४० करोड रुपैयाँ मूल्यको तास आयात गर्ने गरेको देखिन्छ ।

भन्सार वर्गीकरणको हार्मोनाइज्ड सिस्टम कोड ९५०४४००० अन्तर्गत तासलाई आयातयोग्य वस्तुका रूपमा राखिएको छ । सरकारले यसमा भन्सार शुल्क समेत लिने गरेको छ । कानुनी विद्यार्थी हृदयन्द्र जंग शाहीका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने व्यवस्था गरेको छ । यद्यपि, कानुनले तासलाई पूर्ण रूपमा निषेध गरेको छैन ।

संहितामा जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी बाजी थापी खेलेको खेललाई बुझिन्छ । तर, चाडपर्वमा मनोरञ्जनका लागि खेलिने तास वा सरकारको स्वीकृति लिई सञ्चालन गरिने खेललाई जुवा मानिँदैन ।

कानुनले स्पष्ट रूपमा रोक नलगाएको कार्यमा सजाय नहुने संवैधानिक व्यवस्थाका कारण पनि तासको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छैन ।

जुवा खेलाउनेलाई पहिलो पटकमा तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । दोस्रो पटकदेखि एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सरकारी कर्मचारीहरूका अनुसार मनोरञ्जनका लागि खेल्न पाइने र नियन्त्रित अवस्थामा खेल्न सकिने भएकाले तासको आयात खुला राखिएको हो ।

2