Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

बिक्रीमा जमरा

बिक्रीमा जमरा
A A+ A-

काठमाडौं। बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ।

आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ।

जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। त्यसैले पनि दसैंमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो। तर पनि नागरिकले बिहान दुर्गा विसर्जनपछि टीका लगाउन सुरु गरेका थिए।

आज टीकाका दिन बिहान काठमाडौंका कतिपय स्थानमा जमरा बिक्रीका लागि राखिएको पनि देखियो। काठमाडौंको स्वयम्भूस्थित भगवान पाउमा केही व्यक्तिले घरैमा उमारेका जमरा बिक्रीका लागि राखेका थिए।

यसो हेर्दा जमरा पनि बिक्री होला र भन्ने लागे पनि मानिसहरुले जमरा खरिद गरिरहेका पनि थिए। दसैंमा जमरा लगाउनु समृद्धिको प्रतिक मानिने भएकाले घटस्थापनाका दिन नै देवीको आह्वान गरेर जलको घडासँगै जमरा राख्ने प्रचलन छ।

जमरा पहेंलो राम्रो हुने भएकाले घर या व्यक्तिका निवासका घाम नपर्ने र चोखो कुनामा या पूजा कोठा तथा स्थानमा जमरा राख्ने गरिन्छ । दसैंमा जमरा राखिएको स्थानलाई जमरा घर पनि भन्ने प्रचलन छ।

यसरी राखिएको जमरा आज दसैंका दिन टीकासँगै लगाउने गरिन्छ। नवदुर्गाको आह्वान गरी घटस्थापना गरिएको स्थानमा राखिएका जमरा कोजाग्रत पूर्णिमासम्म नै लगाउने प्रचलन छ।

कतिपयले यसरी जमरा राख्न नपाएका तथा डेरामा बस्ने मानिसका लागि जमरा राख्ने स्थान अभाव पनि हुन सक्ने भएकाले उनीहरुका लागि यसरी बिक्रीमा राखिएको जमरा उपयोगी हुने देखिन्छ। भगवान पाउमा जमरा किन्न पुगेका स्वयम्भूका रुपेश आचार्यले घरमा सुतक परेकाले घटस्थापनाका दिन जमरा राख्न नपाएकाले आफू जमरा किन्न आएको बताए।

उनले भने, “यसरी जमरा पनि बिक्रीका लागि राखिएको हुन्छ भन्ने कुरा मलाई थाहा थिएन तर छिमेकीले पनि यसैगरी किनेर लगेको जानकारी गराएपछि किन्न आएको हुँ।” उनले आफूलाई जस्तै सजिलो अरु धेरैलाई भएर होला बिहानै आएर जमरा किनेर लगेको देखेको पनि बताए।

झ्वाट्ट हेर्दा जमरा पनि बिक्रीका लागि राखिएको भनी कतिपयले अनौठो लागेको बताइरहेका थिए भने कतिले यसलाई स्वभाविक र सजिलो भनेका थिए।

विविध कारणले अप्ठेरो परेका, घटस्थापनाका दिन जुठो या सुतक परेर जमरा राख्न नपाएका तथा आफ्ना बासस्थानमा स्थान अभाव भएका व्यक्तिका लागि यसरी जमरा किनेर लगाउन पाउनु पनि सजिलै हुने देखिन्छ।

2