काठमाडौं: सिद्धार्थ बैंकले आफ्नो आधिकारिक वेबसाइट र अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा देखिएको सुरक्षा संवेदनशीलता र सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैंकले यस्तो निर्णय लिएको हो।
बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘हाल विश्वव्यापीरुपमा वेब प्रविधि (पीएचपी) मा सुरक्षा संवेदनशीलता तथा हुन सक्ने जोखिमहरूलाई मध्यनजर गर्दै हाललाई बैंकको आधिकारिक वेबसाइट तथा अनलाइन अस्थायीरुपमा बन्द गरिएको जानकारी गराउँदछौँ।’
बैंकले हाल यस विषयमा जोखिम मूल्याङ्कनको काम भइरहेको जनाएको छ। प्रणालीलाई पूर्ण रूपमा सुरक्षित बनाएर यथाशीघ्र सेवा सुचारु गरिने बैंकले प्रतिबद्धता जनाएको छ।

