Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

पोखरा-जोमसोम हवाई सेवा पाँच महिनाका लागि स्थगित

पोखरा-जोमसोम हवाई सेवा पाँच महिनाका लागि स्थगित
A A+ A-

मुस्ताङ: निजी वायुसेवा कम्पनीहरूले पोखरा: जोमसोम हवाई सेवा पाँच महिनाका लागि स्थगित गरेका छन्। विमानको नियमित मर्मत र यात्रुको चापमा आएको कमीका कारण तारा एयर र समिट एयरले नियमित उडान बन्द गरेका हुन्।

जोमसोम विमानस्थलका प्रमुख विश्वराज शर्माका अनुसार नियमित उडान तालिका स्थगित गरिए पनि चार्टर उडान भने जारी रहनेछ। विगतका वर्षहरूमा कात्तिकसम्म नियमित सञ्चालन हुने हवाई सेवा यस वर्ष भने प्रभावित भएको हो। विमानको प्राविधिक मर्मत र अन्य हिमाली जिल्लाहरूमा रहेको पर्यटकको चापका कारण सेवा प्रभावित भएको विमानस्थलले जनाएको छ।

मुस्ताङ क्षेत्रमा बाढीपहिरोका कारण अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश प्रवाह हुँदा यस सिजनमा यात्रुको सङ्ख्या घटेको छ। नेपालमा ट्विनअटर विमानको सङ्ख्या सीमित रहेकाले विमान कम्पनीहरूले यात्रुको चाप बढी भएका अन्य क्षेत्रमा विमान पठाउने गरेका छन्। पोखरा-जोमसोम हवाई मार्गमा सामान्यतया बिहान ११ बजेसम्म दैनिक पाँच-पाँच वटा उडान हुने गर्थ्यो।

यस मार्गमा अधिकांश भारतीय र तेस्रो मुलुकका पर्यटकहरू यात्रा गर्ने गर्दछन्। मौसमका कारण दृश्य क्षमता कम हुने र हावाहुरी चल्ने समस्याले गर्दा यहाँको हवाई सेवा वर्षमा केही समय प्रभावित हुने गर्दछ। हाल मुक्तिनाथ मन्दिर जाने पर्यटकहरूका लागि हेलिकप्टर सेवा प्रयोग भइरहेको छ। बेनी-जोमसोम सडकखण्ड अवरुद्ध हुँदा मात्र हवाई यात्रुको चाप बढ्ने गरेको विमानस्थलले जनाएको छ।

2