Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

सामाजिक सञ्जालले बढायो धरानमा सुकुटीको व्यापार

सामाजिक सञ्जालले बढायो धरानमा सुकुटीको व्यापार
A A+ A-

काठमाडौं: धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यवसाय फस्टाउँदै गएको छ। स्थानीय महिलाहरूले घरमै सुकुटी तयार पारी सामाजिक सञ्जालको माध्यमबाट स्वदेश तथा विदेशमा बिक्री गर्दै आएका छन्। टिकटक, फेसबुक र इन्स्टाग्रामको प्रयोगले गर्दा उनीहरूलाई बजार विस्तार गर्न सहज भएको छ।

धरानको मुख्य चोक भानुचोक नजिकैको निकेतन गल्ली सुकुटी व्यापारको केन्द्र बनेको छ। धरान-१५ की निता तामाङले ६ वर्षदेखि यो व्यवसाय गर्दै आएकी छन्। उनले बेलायत, अमेरिका र हङकङलगायतका देशबाट समेत अर्डर आउने गरेको बताइन्। ‘दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ,’ तामाङले भनिन्। उनी एक पटकमा १२० केजीसम्म मासु किनेर सुकुटी बनाउँछिन्। घाम लाग्दा तीन दिनमा सुक्ने सुकुटी जाडोयाममा आगोको सहायताले सुकाउनुपर्ने हुँदा बढी समय लाग्ने उनको अनुभव छ। उनको मासिक आम्दानी ८० हजारदेखि एक लाख रुपैयाँसम्म हुने गरेको छ।

त्यस्तै, सोही स्थानकी बिनिता गिरीले ९ वर्षदेखि यो व्यवसाय सञ्चालन गर्दै आएकी छन्। बजारमा सुकुटी प्रतिकिलो १ हजार ६०० देखि ३ हजार रुपैयाँसम्म र अचार १ हजार ६०० देखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। उनका अनुसार उत्पादन लागतमा घाम नलाग्दा दाउरा किनेर सुकाउनुपर्ने बाध्यताले असर पुर्‍याउने गर्छ। यसैगरी, दिलकुमारी तामाङले पनि सुकुटी व्यापारबाटै आफ्नो घरव्यवहार चलाउँदै आएको बताइन्।

धरानमा सुकुटी र अचारको व्यापारले महिलाहरूलाई स्वरोजगार बन्न र आर्थिक रूपमा आत्मनिर्भर हुन ठुलो सहयोग पुर्‍याएको छ। सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पहुँच पुगेपछि यस व्यवसायप्रति महिलाहरूको आकर्षण निरन्तर बढ्दो छ।

2