Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

साइबर सुरक्षा जोखिमपछि बैंकहरूले धमाधम बन्द गरे अनलाइन सेवा

साइबर सुरक्षा जोखिमपछि बैंकहरूले धमाधम बन्द गरे अनलाइन सेवा
A A+ A-

काठमाडौं । वेब प्रविधि (पीएचपी) मा देखिएको सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपालका विभिन्न वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा अनलाइन बैंकिङ सेवा अस्थायी रूपमा बन्द गरेका छन्। ग्राहकको वित्तीय विवरण र बैंकिङ प्रणालीलाई सम्भावित साइबर आक्रमणबाट सुरक्षित राख्न बैंकहरूले यस्तो कदम चालेका हुन्।

कुमारी बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंकले आफ्ना अनलाइन सेवामा अवरोध आएको जानकारी दिएका छन्। केही बैंकले सार्वजनिक सूचना जारी गर्दै सुरक्षा जोखिमको मूल्याङ्कन तथा समाधानका लागि वेबसाइट र विद्युतीय सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएका छन्।

बैंकहरूले सेवा बन्द गर्नुको कारण सामान्य प्राविधिक मर्मत नभई सम्भावित साइबर सुरक्षा जोखिम नियन्त्रण गर्नु रहेको जनाएका छन्। डिजिटल बैंकिङको प्रयोग बढिरहेका बेला प्रणालीमा देखिने सुरक्षा कमजोरीले ग्राहकको व्यक्तिगत विवरण, लगइन जानकारी तथा वित्तीय कारोबार प्रभावित हुन सक्ने भएकाले बैंकहरू सतर्क बनेका हुन्।

अनलाइन सेवा अवरुद्ध हुँदा मोबाइल तथा कम्प्युटरमार्फत बैंकिङ कारोबार गर्ने ग्राहक प्रभावित भएका छन्। खाताको विवरण हेर्ने, अनलाइनबाट कारोबार गर्ने तथा वेबसाइटमा आधारित अन्य सेवा प्रयोग गर्ने ग्राहकलाई असुविधा भएको छ। बैंकहरूले ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सेवा अस्थायी रूपमा बन्द गर्नुपरेको भन्दै असुविधाप्रति क्षमायाचना गरेका छन्।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणालीसँग सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरेको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार वेबसाइट तथा जोखिमयुक्त अनलाइन सेवा अस्थायी रूपमा बन्द गरी सुरक्षा अद्यावधिक गर्न सुझाव दिएको जनाइएको छ। सम्भावित साइबर आक्रमण रोक्न र वित्तीय प्रणालीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न यस्तो सावधानी अपनाइएको हो।

बैंकिङ प्रणालीमा प्रयोग हुने वेबसाइट, वेबमा आधारित एप्लिकेसन तथा ग्राहकका विवरणसँग सम्बन्धित प्रणालीमा रहेका सम्भावित कमजोरी समयमै पहिचान गरी समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ। सुरक्षा जोखिमको मूल्याङ्कन र आवश्यक सुधारपछि अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउने बैंकहरूको तयारी छ।

डिजिटल वित्तीय सेवाको विस्तारसँगै ग्राहकको डेटा सुरक्षा र बैंकिङ प्रणालीको विश्वसनीयता थप महत्त्वपूर्ण बनेको छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने देखिएको छ।

2