Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

अर्को साता देशभर वर्षा र हिमपातको सम्भावना

अर्को साता देशभर वर्षा र हिमपातको सम्भावना
A A+ A-

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी साता देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भई उत्तर-पश्चिम सर्ने क्रममा नेपालको मौसममा प्रभाव पार्ने देखिएको छ।

महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना छ।

विभागले जारी गरेको विशेष बुलेटिनमा प्रणालीको प्रभाव र जोखिमको स्तर यकिन गर्न कठिन भए पनि कृषि तथा पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

मौसमविद् विनोद पोखरेलले यो प्रणालीले सन् २०१४ को हुदहुद चक्रवातसँग मिल्दोजुल्दो मौसमी संकेत देखाएको भन्दै विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

उनले आगामी बिहीबारदेखि माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया हुँदा केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने बताएका छन्।

कात्तिक महिना धान भित्र्याउने र पदयात्राको मुख्य सिजन भएकाले यसले ठूलो क्षति पुर्‍याउन सक्ने जोखिम छ। पोखरेलले भने, ‘खेतमा पाकेर काटेको धान भिजेर नष्ट हुन सक्ने, हावाहुरी र असिनाले थप क्षति पुर्‍याउन सक्ने भएकाले किसानहरूलाई बेलैमा बाली सुरक्षित गर्न आग्रह गर्दछु।’

यसैगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहने भएकाले पदयात्री तथा पर्यटकहरूलाई आधिकारिक मौसम अपडेट हेरेर मात्र यात्राको योजना बनाउन सुझाव दिइएको छ।

मनसुनले कमजोर बनाएका भिरालो जमिन र सडकहरूमा थप वर्षाले पहिरोको जोखिम बढाउने भएकाले राज्यका निकायहरूलाई पूर्वतयारीमा रहन विज्ञहरूले आग्रह गरेका छन्।

2