काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ गतेदेखि तीनदिने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ।
कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।
प्रदर्शनीमा कृषि क्षेत्रमा प्रयोग हुने परम्परागतदेखि आधुनिक प्रविधिसम्मका विभिन्न यन्त्र तथा उपकरण राखिने आयोजकले जनाएका छन्। प्रदर्शनीले कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढाउन र किसानलाई आधुनिक कृषि प्रविधिबारे जानकारी दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
