Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

काठमाडौँका विभिन्न स्थानमा ८ दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँका विभिन्न स्थानमा ८ दिन विद्युत् आपूर्ति बन्द हुने
A A+ A-

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि कात्तिक १३ गतेदेखि २० गतेसम्म विद्युत् अवरुद्ध हुने भएको हो। प्राधिकरणका अनुसार बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती हुनेछ। कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ। त्यसैगरी, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा र कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजार क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् बन्द हुनेछ। कात्तिक १९ गते स्युचाटार एस.एस. फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।

2