Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बालाजु औद्योगिक क्षेत्रमा सूचना प्रविधि पार्क बनाइने

बालाजु औद्योगिक क्षेत्रमा सूचना प्रविधि पार्क बनाइने
अ+ अ-

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजुमा रहेको उद्योगलाई अन्यन्त्र सारी सूचना प्रविधि पार्क बनाउने बताउनुभएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सवलाई बिहीबार सम्बोधन गर्दै मन्त्री भण्डारीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेका उद्योगलाई अन्य उपयुक्त ठाउँमा सारी सूचना प्रविधि पार्क बनाउने योजना रहेकाले सोही अनुसार एक साताभित्र कार्ययोजना बनाएर मन्त्रालयमा उपस्थित हुन लिमिटेडलाई निर्देशन दिनुभएको हो । बालाजु औद्योगिक क्षेत्रभित्र छ सय रोपनी जग्गामा १४७ वटा उद्योग सञ्चालनमा छन् । काठमाडौँलगायतका मुख्य सहरमा उद्योग सञ्चालन गर्ने भनेर जग्गा प्लटिङमा लिए पनि सञ्चालन नगरेको पाइएपछि उपत्यकाका तीन जिल्लामा सूचना प्रविधि पार्क सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

विशेष आर्थिक क्षेत्र, गोदाम तथा पारवहन लिमिटेड र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग बसेर छलफल गर्न लागिएको जानकारी दिनुभयो । रोजगारीका लागि विदेश जानु परेको, वस्तु आयात बढिरहेको तर स्वदेशी उत्पादन घटिरहेकाले यस विषयमा निजी क्षेत्र, मन्त्रालय र लिमिटेड बसेर काम गर्ने प्रतिबद्धता जनाउन आवश्यक रहेको उहाँको भनाइ छ । पूर्व दमकदेखि पश्चिम कञ्चनपुरसम्म औद्योगिक क्षेत्रको संरचना धेरै भए पनि नतिजा आउन नसकेको भन्दै उहाँले सरकारको प्राथमिकताको क्षेत्र उद्योग भएकाले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जानु आवश्यक रहेको उहाँको भनाइ छ ।

उद्योग सचिव कृष्णबहादुर राउतले औद्योगिकीकरण, उत्पादन, उत्पादकत्व वृद्धि भई जुुन ढङ्गले उद्योग फस्टाउनु पथ्र्यो, त्यस अनुसार नभएको बताउनुभयो । पूरा र नयाँ घोषणा भएका औद्योगिक क्षेत्रका चुनौती समाधान गर्न सकस भएको उहाँको भनाइ छ ।

घोषणा भएका नयाँ सात वटा औद्योगिक क्षेत्रलाई कसरी सार्वजनिक–निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने भनेर प्राविधिक अध्ययन गर्न र नीति कार्यान्वयनका लागि गृहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको बताउनुभयो । बजेटले निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी सम्बोधन गरेकाले कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताउनुभयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीले औद्योगिक क्षेत्र सञ्चालनका लागि लगानी व्यवस्थापनको चुनौती रहेको बताउनुभयो । नयाँ औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनको क्रममा रहेको जानकारी दिँदै उहाँले सात वटा औद्योगिक क्षेत्र निर्माणको चरणमा रहेको बताउनुभयो । हाल मुलुकभर १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । थप सात वटा औद्योगिक क्षेत्र घोषणा भए पनि सञ्चालन आउन सकेका छैनन् । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पिपिपी मोडलमा औद्योगिक क्षेत्र सञ्चालन गर्ने घोषणा गरेको छ ।

उत्कृष्ट उद्योगलाई सम्मान

लिमिटेडले वार्षिकोत्सवका अवसरमा उत्कृष्ट विभिन्न उद्योगलाई सम्मान गरेको छ ।

सम्मानित हुने उद्योगमा बालाजुस्थित काठमाडौँ मैदा मिल, किरण सुज मेनुफेक्चर्स रहेका छन् । यस्तै ललितपुरको पाटनमा रहेका सङ्गम फुड प्रोडक्ट प्रालि र क्लासिक उड एन्ड ह्यान्डिक्राफ्ट, भक्तपुरको नेपो इन्डस्ट्रिज प्रालि, हेटौँडाको हेटौँडा दुग्ध वितरण आयोजना, त्रिमूर्ति प्लास्टिक प्रोडक्ट रहेका छन् ।

त्यस्तै पोखराको कालीगण्डकी अक्सिजन ग्यास प्रालि, बुटवलको खनाल इन्जिनियरिङ एन्ड इन्डस्ट्रिज, धरान सिद्धिविनायक घरेलु उद्योग, नेपालगन्जको गण्डकी इन्जिनियरिङ वक्र्स र वीरेन्द्रनगरको प्रिमियर फुड इन्डस्ट्रिज उद्योग रहेका छन् ।

2