काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले कात्तिक १७ गते काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो। यसबाट चाबहिल, पशुपति, गौशाला, मित्रपार्क र जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरू प्रभावित हुनेछन्।
प्राधिकरणले तोकिएको समयअगावै मर्मतसम्भार कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने जनाएको छ।
