Logo

बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।