Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

लक्ष्मीपूजाको दिन १७ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण

लक्ष्मीपूजाको दिन १७ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण
A A+ A-

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाको दिन विद्युतको अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले सो माग आन्तरिक उत्पादनबाटै पूरा हुने जनाएको छ। हाल नेपालको कुल विद्युत उत्पादन क्षमता करिब २ हजार ५ सय मेगावाट रहेको छ। मागभन्दा करिब ८ सय मेगावाट बढी उत्पादन हुने भएकाले तिहारभर विद्युत आपूर्तिमा कुनै समस्या नहुने प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

प्राधिकरणले लक्ष्मीपूजा तथा तिहारका अन्य दिनमा विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन विशेष तयारी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन तथा प्रादेशिक प्रमुखहरूको बैठकले पर्वका समयमा विद्युत आपूर्ति नियमित बनाउन आवश्यक निर्देशन दिइसकेको छ। तिहार र छठ पर्वलाई लक्षित गर्दै उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको छ।

विद्युत प्रणालीमा कुनै प्राविधिक समस्या देखिए तत्काल समाधान गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। उपभोक्ताका गुनासो सम्बोधन गर्न नो लाइट सेवालाई प्रभावकारी बनाइएको र फोन सेवा नियमित सञ्चालनको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। साथै, प्राधिकरणले तिहारका बेला विद्युत प्रयोग गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न र गुणस्तरहीन सामग्री प्रयोग नगर्न प्राधिकरणले सुझाव दिएको छ।

2