Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

जुम्लाको फुङ्ग्रमा स्याउ खेतीबाट गाउँको कायापलट

जुम्लाको फुङ्ग्रमा स्याउ खेतीबाट गाउँको कायापलट
A A+ A-

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका-५ फुङ्ग्रका किसानका लागि स्याउ खेती आम्दानीको मुख्य स्रोत बनेको छ। कुनै समय स्याउ बजार पुर्‍याउन दिनभर भारी बोकेर हिँड्नुपर्ने बाध्यता रहे पनि अहिले व्यापारीहरू ट्रक लिएर किसानको घरमै पुग्ने गरेका छन्। यसले स्थानीय किसानको जीवनस्तर र गाउँको अर्थतन्त्रमा उल्लेख्य सुधार ल्याएको छ।

स्थानीय किसान लीलाराम रोकायाले आठ वर्षको मेहनतपछि यस वर्ष राम्रो आम्दानी गरेका छन्। उनले आफ्नो बगैँचाबाट उत्पादित स्याउ प्रतिकिलो १०५ रुपैयाँका दरले बिक्री गरी अहिलेसम्म २१ लाख रुपैयाँ आम्दानी गरिसकेका छन्। गत वर्ष ७७ कार्टुन मात्र उत्पादन भएको उनको बगैँचामा यस वर्ष १ हजार ६ सय कार्टुन स्याउ फलेको छ। सोही गाउँका रामचन्द्र रोकायाले ९ लाख ४० हजार, परिलाल रोकायाले साढे ११ लाख र नर्मजङ रोकायाले ७ लाख रुपैयाँ बराबरको स्याउ बिक्री गरेका छन्। १०६ भन्दा बढी घरधुरी रहेको फुङ्ग्रका अधिकांश परिवार व्यावसायिक स्याउ खेतीमा संलग्न छन् र साना किसानले समेत यस वर्ष न्यूनतम १ लाख ३० हजार रुपैयाँसम्म आम्दानी गरेका छन्।

कृषि विकास कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा १९ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ। असोज १० गतेसम्म ७ हजार ३ सय ३० मेट्रिकटन स्याउ निर्यात भइसकेको छ, जसबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जिल्लाका कुल २४ हजार ८३८ घरधुरीमध्ये ७८.०६ प्रतिशत परिवार स्याउ खेतीमा संलग्न छन्। जुम्लाका ६० वटै वडामा स्याउ खेती विस्तार भएको छ।

स्याउको दिगो व्यवस्थापन र बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ। कात्तिक २० गतेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक अघि बढाउने निर्णय गरेको हो। बोर्ड गठन भएपछि गुणस्तर सुधार, शीतभण्डार र प्रशोधन उद्योगमा टेवा पुग्ने किसानहरूको अपेक्षा छ।

2