Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

विपद्पछिको पुनर्निर्माणका लागि विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री वाग्ले
A A+ A-

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकहरूलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्। उनले अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको सहयोगको माग गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) को अवसरमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपालले जलवायुजन्य विपद्को आर्थिक भार एक्लै वहन गर्न नसक्ने स्पष्ट पारे। विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले विद्यालय, अस्पताल निर्माण र सामाजिक सुरक्षाजस्ता विकासका अन्य क्षेत्रको बजेट कटौती गर्नुपरेको उनले जानकारी दिए।

अर्थमन्त्री वाग्लेले विपद्का समयमा भारत, चीन, बेलायत, अमेरिका, युरोपेली संघ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकहरूले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे। उनले जलवायुजन्य क्षति तथा हानिनोक्सानी कोषबाट नेपालले पहिलोपटक करिब २ करोड अमेरिकी डलर अनुदान प्राप्त गरेको उल्लेख गरे। यद्यपि, जोखिममा रहेका मुलुकहरूको आवश्यकताको तुलनामा सो कोषमा उपलब्ध स्रोत निकै न्यून रहेको उनको भनाइ छ।

2