Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

बाँकेमा सहकारीद्वारा धान खरिद

बाँकेमा सहकारीद्वारा धान खरिद
A A+ A-

नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ।

सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री गर्न सहज भएको छ।

राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको टेपरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले किसानले उत्पादन गरेका विभिन्न जातका धान उचित मूल्यमा खरिद गरिरहेको छ। सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीले स्थानीय किसानलाई उत्पादनको उचित मूल्य दिलाउनुका साथै व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धान खरिद अभियान सञ्चालन गरिएको बताए।

“स्थानीय कृषकलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न धान खरिद गर्ने योजना बनाएर खरिद सुरु गरेका हौँ”, उनले भने, “किसानका मेहनतलाई सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरेका छौँ।”

सहकारीले मसिनो धान प्रतिक्विन्टल तीन हजार २०० रुपियाँ, राधा–४ मोटो धान दुई हजार ८५० रुपियाँ र हाइब्रिड धान दुई हजार ७५० रुपियाँका दरले खरिद गरिरहेको छ। धान बिक्री गर्न इच्छुक किसानले सहकारीको गोदाम वा संकलन केन्द्रमा आफ्नो उत्पादन ल्याउन सक्ने व्यवस्था मिलाइएको छ।

गाउँमै धान बिक्री गर्न पाउने भएपछि राप्तीसोनारी क्षेत्रका किसानलाई बजारीकरणमा सहज हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रबन्धक वलीले बताए।

सहकारीमा आठ हजारभन्दा बढी किसान सदस्य आबद्ध छन्। किसानबाट खरिद गरिएको धान भण्डारण गर्न राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित गोदाममा व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष हुमाशंकर वलीले जानकारी दिए।

सहकारीले धान खरिदसँगै किसानलाई बिउ उत्पादनमा प्रोत्साहन गर्दै आएको छ। किसानले उत्पादन गरेको बिउ धान सहकारीले खरिद गर्ने गरेको अध्यक्ष वलीले बताए।

किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले सहकारीले ५५ लाख रुपियाँ लगानीमा यस वर्षदेखि अत्याधुनिक ‘सिल्की चामल मिल’ सञ्चालनमा ल्याएको छ।

मिल सञ्चालनमा आएपछि राप्तीसोनारीका किसानले उत्पादन गरेको धान सहकारीमार्फत बिक्री गर्न र गाउँमै कुटानी तथा पिसानीको सुविधा लिन सहज भएको अध्यक्ष वलीले बताए। स्थानीयस्तरमै प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि किसानको व्यावसायिक कृषिप्रतिको आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे।

किसानको उत्पादन खरिद, बिउ उत्पादनमा प्रोत्साहन तथा प्रशोधन र बजारीकरणको व्यवस्था सहकारीमार्फत हुन थालेपछि स्थानीय कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले सहकारीले गाउँमै धान खरिद गर्न थालेको कार्यले किसानलाई राहत पुग्ने बताए। उनले स्थानीयस्तरमै उत्पादन बिक्री गर्न पाउने व्यवस्थाले किसानलाई आफ्नो उपजको बजारीकरणमा सहज हुने धारणा व्यक्त गरे।

2