Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
A A+ A-

काठमाडौं: दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता र संगठित अपराधको अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो।

सर्लाहीको रामनगर गाउँपालिका-३ स्थायी ठेगाना भएका ४५ वर्षीय शर्मा हाल ललितपुरको भैंसेपाटीमा बस्दै आएका थिए। सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक र उच्च तहका कर्मचारीहरूको मिलेमतोमा संगठित सञ्जाल खडा गरी संस्थालाई आर्थिक नोक्सानी पुर्याइएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

प्रारम्भिक अनुसन्धानबाट संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याई सोही रकम गैरकानुनी रूपमा लाभ लिएको पुष्टि भएको सीआईबीले जनाएको छ। तत्कालीन महाप्रबन्धक, प्रशासनिक अधिकारी र विभिन्न चिस्यान केन्द्रका प्रमुखहरूको पूर्वयोजनाअनुसार उक्त अनियमितता भएको अनुसन्धानमा देखिएको छ।

सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर शर्मालाई नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको छ।

2