काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी २२ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।