काठमाडौं: सामसङ नेपाल र एनसेलले देशव्यापी रूपमा उन्नत मोबाइल प्रविधि, एआई अनुभव र डिजिटल कनेक्टिभिटीको पहुँच विस्तार गर्न साझेदारी गरेका छन्। यो सहकार्यमार्फत ग्राहकले ग्यालेक्सी स्मार्टफोन खरिदमा डेटा र भ्वाइस प्याक, एक्सचेन्ज बोनस, थप वारेन्टी र किस्ताबन्दी सुविधा प्राप्त गर्नेछन्।
पुरानो २जी प्रयोगकर्तालाई ४जी नेटवर्कमा स्तरोन्नति गर्न प्रोत्साहित गर्ने उद्देश्यले २जी डिभाइस साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा रु. ५,००० सम्मको एक्सचेन्ज सुविधा र न्यूनतम रु. १,२२१ को ईएमआई विकल्प उपलब्ध गराइएको छ। एनसेलसँगको सहकार्यमा फ्ल्यागशिप फोन (Z Fold8, Flip8, Fold7 तथा S26 सिरिज) खरिद गर्ने ग्राहकले १२ महिनासम्म रु. ९,५८८ बराबरको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक निःशुल्क पाउनेछन्। त्यसैगरी, A17, M17 र A07s मोडलमा ९ महिनासम्म रु. ४,०४१ बराबरको डेटा र भ्वाइस प्याक उपलब्ध हुनेछ।
सामसङले हुलास फिनसर्भसँगको सहकार्यमा फ्ल्यागशिप फोनमा ३६ महिनासम्मको ईएमआई र अन्य मोडलमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा ल्याएको छ। फ्ल्यागशिप फोनमा रु. १०,००० सम्मको एक्सचेन्ज बोनस र १ वर्षको अतिरिक्त वारेन्टी दिइनेछ भने A17, M17 र A07s मा रु. ५,००० एक्सचेन्ज बोनस पाइनेछ। सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङका अनुसार यो सहकार्यले नेपालमा समावेशी र दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ।
साथै, सामसङले विद्युतीय फोहोर व्यवस्थापनका लागि साइफरब्लकका साथ काम गर्ने जनाएको छ। कम्पनीका अनुसार नोभेम्बर २० देखि २३ सम्म सञ्चालन हुने प्रि-अर्डर अवधिमा क्युआर कोडमार्फत बुकिङ गर्ने ग्राहकले रु. ४,९९९ मूल्यको बड्स कोरमा ६२ प्रतिशत छुट पाउनेछन्।
