Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १५० मेगावाट विद्युत् आयात गरिने

सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १५० मेगावाट विद्युत् आयात गरिने
A A+ A-

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन भारतबाट १५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ। प्राधिकरणले सन् २०२७ को जनवरीदेखि मे महिनासम्म चौबिसै घण्टा (आरटिसी) विद्युत् आपूर्ति गर्ने गरी अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्न लागेको हो।

प्राधिकरण सञ्चालक समितिका सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् खरिदका लागि प्रक्रिया अघि बढाइएको छ। पछिल्ला केही वर्षयता सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा प्राधिकरणले भारतको विद्युत् पावर एक्सचेन्जको डे अहेड मार्केट र रियल टाइम मार्केटबाट विद्युत् खरिद गर्दै आएको छ। यस वर्ष भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ, जसले गर्दा आगामी सुक्खायाममा विद्युत् व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।

प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते १५० मेगावाट विद्युत् खरिदका लागि व्यवस्थापनलाई सिफारिस गरेको थियो। समितिले अप्रिल र मे महिनामा माग बढ्ने भएकाले बजारको अवस्था हेरेर थप विद्युत् खरिद गर्न सकिने सुझाव दिएको छ। आगामी सुक्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना थपिने अपेक्षा गरिए पनि नदीमा पानीको बहाव घट्दा ती आयोजनाबाट ९० मेगावाट मात्र उत्पादन हुने अनुमान गरिएको छ।

यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि दर प्रस्ताव माग गर्दा एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले सबैभन्दा कम प्रतियुनिट भारु ६ रुपैयाँ ९० पैसा प्रस्ताव गरेको थियो। असोज १६ गते आशयपत्र जारी गरिए पनि कम्पनीले भूराजनीतिक अनिश्चितता, इन्धनको मूल्यवृद्धि र भारतमा विद्युत् माग बढेको कारण देखाउँदै सम्झौता गर्न नसक्ने जनाएको थियो। भारतीय बजारमा गत असोजमा औसत मूल्य प्रतियुनिट नेपाली ११ रुपैयाँ ७४ पैसा पुगेको थियो। पुरानो दरमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो।

2