Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार गर्न मन्त्रीको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार गर्न मन्त्रीको निर्देशन
A A+ A-

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तर कमजोर रहेको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएका छन्। सहरी तथा दुर्गम क्षेत्रबाट टेलिफोन र इन्टरनेट सेवामा समस्या रहेको गुनासो निरन्तर आएपछि मन्त्री तिमिल्सिनाले समस्या पहिचान गरी समाधानमा केन्द्रित हुन टेलिकमलाई निर्देशन दिएका हुन्।

मन्त्री तिमिल्सिनाले टावरको क्षमता र ट्राफिक व्यवस्थापनबारे स्पष्ट तथ्यांक उपलब्ध गराउन आग्रह गर्दै सेवा सुधारका लागि आवश्यक बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए। उनले भने, ‘टेलिकमले सबैतिर गुणस्तर ठीक छ भनिरहेको छ। तर, नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका छन्। तपाईंहरूको कमजोरी के हो ?, सुधारका उपाय शीघ्र खोज्नुहोस्। के-कति सुधार गर्नुपर्ने छ सो काम गरेर उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने जरुरी छ।’

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सेवा सुधारमा टेलिकम प्रतिबद्ध रहेको बताइन्। उनले पुराना टावरको स्तरोन्नति र नयाँ टावर थप्ने कार्य भइरहेको जानकारी दिइन्। टेलिकमका अनुसार हाल देशभर ५ हजार टावर सञ्चालनमा रहेकामा करिब ५० वटामा सेवा प्रभावित भएको छ। साथै, १ हजार ६०० नयाँ टावर थप्न बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा नेटवर्कमा समस्या हुने गरेको टेलिकमले जनाएको छ। गत वर्ष २ हजार ८०० नयाँ ब्याट्री जडान गरिएकाले विद्युत् नहुँदा पनि सहरी क्षेत्रमा ४ देखि ६ घण्टा र दुर्गममा ८ देखि १० घण्टासम्म सेवा सञ्चालन गर्न सकिने टेलिकमको दाबी छ। मन्त्री तिमिल्सिनाले देशभरका टावरको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिएका छन्।

2