Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

खैरहनीमा मेसिनबाट आलु रोपियो

खैरहनीमा मेसिनबाट आलु रोपियो
A A+ A-

चितवन। चितवन गत वर्षदेखि शुरूआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गरी आलु रोपिएको हो ।

आलु रोप्ने मेसिन उपलब्ध नहुँदा बाराबाट भारतमा निर्मित मेसिन भाडामा ल्याएर आलु रोपिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए ।

सहकारीमार्फत गत वर्ष २०० बिघामा आलु रोपिएकोमा यस वर्ष १०० बिघामा मात्रै रोपिएको उनले जानकारी दिए । गत वर्षदेखि मेसिनबाट आलु रोप्न थालिएको उल्लेख गर्दै उनले मेसिन प्रयोग गर्दा खर्च कम हुने र काम गर्न सहज हुने बताए ।

सहकारीमा हाल ८४ किसान आबद्ध छन् । यस वर्ष सहकारीमार्फत रोपिएको १०० बिघामध्ये मेसिनबाट १२ बिघामा आलु रोपिएको उनले जानकारी दिए । मेसिनले आलु र मल एकैसाथ रोप्ने छ।

खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार खैरहनीमा आलु खेतीको क्षेत्रफल ९६ दशमलव ५ हेक्टर रहेको र उत्पादन एक हजार ८०९ दशमलव ३८ मेट्रिकटन रहेको छ । उहाँले खैरहनीमा मेसिनबाट आलु रोप्दा उत्पादन राम्रो भएको र एक कठ्ठामा १२ क्विन्टलसम्म फल्ने बताए ।

खैरहनीमा एलआर गोलो, विदेशी ब्लु डायमण्ड, स्वदेशी कार्डिनल तथा बेल्जियम रातोलगायतका आलु उत्पादन हुने गरेको छ ।

2