Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

तीन बिघामा तरकारीखेती

तीन बिघामा तरकारीखेती
A A+ A-

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आएका छन् ।

उनले सुरुवातमा ५०० लगानीमा एक कट्ठा जग्गामा तरकारीखेती गरे। उक्त तरकारीखेती बिक्रीबाट दश हजार आम्दानी भएपछि खड्काले तरकारीखेती बढाउँदै लगे।

तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि खड्काले खेती विस्तार गर्दै हाल तीन बिघा जग्गामा तरकारीखेती उत्पादन गर्दै आएका छन् । विसं २०७२ देखि व्यावसायिक रुपमा तरकारीखेतीमा लागेका उनले धान गहुँको भन्दा तीन गुणा बढीसम्म फाइदा हुने भएपछि तरकारीखेतीमा लागेको बताए।

‘एक कट्ठादेखि सुरुआत गरेको खेती बढाउँदै लगेको थिए, त्यसपछि कोरोना महामारी आयो’, खड्काले भने, ‘कोरोनाको कारण रोजगारीका लागि भारतमा रहेका दुई छोरा घरमा फर्किए, त्यसपछि तरकारीखेती बढाउँदै लग्यौँ ।’

खड्काले हाल तीन बिघा जग्गामा तरकारीखेती गर्दै आएका छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्चसँगै छोराछोरीको पठनपाठनको खर्चसमेत चलेको उनले बताए।

‘सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक २५ लाखसम्म आम्दानी हुने गरेको छ’, खड्काले भने, ‘यसकै आम्दानीले रु २० लाख लगानी गरेर छोरा विदेश पठाए, घर बनाए । पहिला साइकलमा सागसब्जी बजार लग्थे, अहिले तीन मोटरसाइकल जोडेको छु, ‘५० प्रतिशत अनुदानमा अटोरिक्सासमेत जाडेको छु ।’

दुई जनालाई रु १५ हजार महिनाको तलब दिने गरी तथा ज्यालादारीमा करिब १०० जनाले वर्षभरिमा रोजगारी पाउने गरेका खड्काले बताए। बिक्रीका लागि बजारको समस्या नभए पनि खुला सीमानाकाका कारण भारतबाट आउने सागसब्जीले भनेअनुसारको मूल्य नपाइने उनको भनाइ छ ।

‘भारतबाट आयात हुने सागसब्जीका कारण हामीले उत्पादन गरेको सागसब्जीको सोचेजस्तो मूल्य पाइँदैन’, खड्काले भने, ‘हाम्रो लागत बढी हुन्छ, सस्तोमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ ।’

खड्काले काउली, बन्दा ब्रो–काउली,आलु, प्याज, भन्टा, खुर्सानीलगायत सागसब्जी उत्पादन गर्ने गरेको बताए।

‘सिजनमा भन्दा पनि अफ सिजनमा सागसब्जी फलाउन सके पर्याप्त आम्दानी हुन्छ’, खड्काले भने, ‘सरकारले खेतीको बिमाको सुविधा दिएको भए राम्रो हुन्थ्यो ।’

2