काठमाडौं: भारतले नेपाललाई तेस्रो मुलुकसँगको आयात-निर्यातका लागि थप दुई बन्दरगाह प्रयोग गर्न दिने भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घोषणा गरेका हुन्।
यस निर्णयसँगै नेपालले अब भारतको उडिसास्थित पारादीप र गुजरातस्थित कान्डला बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। यसअघि नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय बन्दरगाहहरूको सीमित पहुँच मात्र पाउँदै आएको थियो।
