Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

खाद्य व्यवस्था कम्पनीद्वारा दाङमा ११ सय क्विन्टल धान खरिद

खाद्य व्यवस्था कम्पनीद्वारा दाङमा ११ सय क्विन्टल धान खरिद
A A+ A-

काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङमा तीन दिनको अवधिमा एक हजार एक सय सात दशमलव ६० क्विन्टल धान खरिद गरेको छ। कम्पनीको तुलसीपुरस्थित मुख्य शाखा कार्यालयका निमित्त प्रमुख शक्तिराम डाँगीका अनुसार मङ्सिर ४ गतेदेखि ६ गतेसम्म गढवा गाउँपालिका-६ मा रहेको उप-संकलन केन्द्रबाट उक्त परिमाणमा मोटा धान खरिद गरिएको हो।

कम्पनीले मङ्सिर ४ गते एक सय ७८ क्विन्टल, मङ्सिर ५ गते तीन सय ५६ दशमलव ४० क्विन्टल र मङ्सिर ६ गते पाँच सय ७३ दशमलव २० क्विन्टल धान खरिद गरेको छ। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्नका लागि गढवा गाउँपालिकाको समन्वयमा उप-खरिद केन्द्र स्थापना गरिएको हो। धान खरिद सुरु भएपछि किसानहरू बिहानै ट्याक्टरमा धान लिएर लाइनमा बस्ने गरेका छन्।

चालु आर्थिक वर्ष २०८३/०८४ मा दाङबाट पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य कम्पनीले राखेको छ। निमित्त प्रमुख डाँगीका अनुसार देउखुरी क्षेत्रका गढवा गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट करिब पाँच हजार क्विन्टल धान खरिद गर्ने तयारी छ। सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपियाँ र मध्यम धानको तीन हजार ८६० रुपियाँ निर्धारण गरेको छ।

2