काठमाडौँ- पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार र त्यति नै चाँदीको मूल्य ४ हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० र त्यति नै चाँदीको मूल्य ४ हजार ५९० मा कारोबार भएको थियो ।