Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ०७ पैसा र बिक्रीदर १५३ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८३ पैसा र बिक्रीदर १७४ रुपियाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ २६ पैसा र बिक्रीदर २०४ रुपियाँ ०६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ६१ पैसा र बिक्रीदर १८७ रुपियाँ ३५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ६२ पैसा र बिक्रीदर १०७ रुपियाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ४४ पैसा र बिक्रीदर १०८ रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ३३ पैसा र बिक्रीदर ११८ रुपियाँ ७९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६१ पैसा र बिक्रीदर २२ रुपियाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७७ पैसा र बिक्रीदर ४० रुपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४२ रुपियाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६८ पैसा र बिक्रीदर ४१ रुपियाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ४८ पैसा र बिक्रीदर १० रुपियाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७० पैसा र बिक्रीदर १५ रुपियाँ ७७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २५ पैसा र बिक्रीदर २३ रुपियाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५२ पैसा र बिक्रीदर १९ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ ०६ पैसा र बिक्रीदर ४९९ रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ८९ पैसा बिक्रीदर ४०७ रुपियाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३९९ रुपियाँ १३ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

2