Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

स्थानीयवासीलाई अङ्कित मूल्यमै सेयर दिनुपर्ने

अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाका प्रभावित स्थानीयलाई दिइने साधारण सेयर (आइपिओ) अङ्कित मूल्य अर्थात् एक सय रुपियाँमै उपलब्ध गराउनुपर्ने बताएको छ । केही जलविद्युत् आयोजना प्रवर्धकले स्थानीय प्रभावितलाई पनि प्रिमियम मूल्य थपेर सेयर दिने चलखेल थालेको आशङ्कामा इप्पानले त्यसो नगर्न सचेत गराएको हो ।

“कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको छ,” इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस्तो सेयर प्रिमियम मूल्यमा निष्कासन गरियो भने स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबिच विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्छ ।”

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियमको उपनियम ४ मा स्थानीय लाभान्वित हुन भन्ने उद्देश्यले १० प्रतिशत सेयर दिने गरी कानुनी प्रबन्ध गरिएको छ । इप्पानले सो व्यवस्था प्रतिकूल हुने कार्य नगर्न आफ्ना सदस्यलाई ध्यानाकर्षण गराएको हो ।

इप्पानले आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा बेहोर्ने, आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने र स्थानीय समुदायलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयवासीका लागि सेयरको व्यवस्था गरिएको स्मरण गराएको छ ।

अङ्कित मूल्यमै सेयर दिँदा स्थानीय समुदायले आयोजनाबाट दीर्घकालीन लाभ प्राप्त गर्दा जसबाट आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावलाई समेत टेवा पुग्ने गरेको इप्पानले औँल्याएको छ ।

इप्पानले सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवर्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत् आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबिचको सुमधुर सम्बन्धलाई सर्वोपरि राख्न आग्रह गरेको छ ।

2