काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २५ पैसा र बिक्रीदर १५२ रुपियाँ ८५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ४४ पैसा र बिक्रीदर १७६ रुपियाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ७७ पैसा र बिक्रीदर २०५ रुपियाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ २५ पैसा र बिक्रीदर १८९ रुपियाँ कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ६४ पैसा र बिक्रीदर १०७ रुपियाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ४२ पैसा र बिक्रीदर १०८ रुपियाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ७० पैसा र बिक्रीदर ११९ रुपियाँ १७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५५ पैसा र बिक्रीदर २२ रुपियाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५४ पैसा र बिक्रीदर ४० रुपियाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७६ पैसा र बिक्रीदर ४१ रुपियाँ ९३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४५ पैसा र बिक्रीदर ४१ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ६५ पैसा र बिक्रीदर १० रुपियाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ र बिक्रीदर ९६ रुपियाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४७ पैसा र बिक्रीदर २३ रुपियाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४१ पैसा र बिक्रीदर १९ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ८० पैसा र बिक्रीदर ४९६ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ७९ पैसा बिक्रीदर ४०५ रुपियाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ४४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
