काठमाडौँ- सबै प्रकारका सामाजिक सुरक्षित भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका सामाजिक सुरक्षित भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको जानकारी दिनुभएको हो।