Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कुमारी बैंक नोक्सानीबाट नाफामा, ३ वर्षपछि लाभांशको बाटो खुल्यो

अ+ अ-

काठमाडौं । एनसीसी बैंकसँग मर्जरपछि लगातार सञ्चित नोक्सानीमा रहेको कुमारी बैंक चार वर्षपछि वित्तीय रूपमा लयमा फर्किएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा ३०६ प्रतिशतको छलाङ मारेको छ। करिब ४ अर्ब रुपैयाँको सञ्चित नोक्सानीसमेत हटाएर बैंक लाभांश बाँड्न सक्ने अवस्थामा पुगेको छ।

आर्थिक वर्ष २०७९/८० देखि लगातार सञ्चित नोक्सानीमा रहेको बैंकले तीन वर्षसम्म सेयरधनीलाई लाभांश दिन सकेको थिएन। तर, गत वर्षको उच्च नाफाले बैंकको वित्तीय अवस्था उल्लेख्य सुधारिएको हो।

बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। फि तथा कमिसन आम्दानी पनि १४.५५ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

नाफा वृद्धिमा आम्दानीसँगै प्रोभिजन राइटब्याकले पनि ठूलो भूमिका खेलेको छ। बैंकले विगतमा छुट्याएको सम्भावित कर्जा नोक्सानी व्यवस्थाबाट १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ राइटब्याक गरेको छ। अघिल्लो वर्ष भने बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ प्रोभिजनिङमा खर्च गरेको थियो।

खर्चतर्फ कर्मचारी खर्च १३.४८ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड २१ लाख रुपैयाँ पुगेको छ। यद्यपि, अन्य सञ्चालन खर्च ४.६४ प्रतिशतले घटेर १ अर्ब २ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको निक्षेप १०.४५ प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४.०७ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

नोक्सानीबाट लाभांश क्षमतामा

कुमारी बैंकको सबैभन्दा ठूलो सुधार वितरणयोग्य नाफामा देखिएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको बैंकले गत वर्ष ४ अर्ब ६४ करोड १२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। पुरानो सञ्चित नोक्सानी समायोजनपछि ७९ करोड १७ लाख रुपैयाँ वितरणयोग्य नाफा बाँकी रहेको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले यस आधारमा करिब ३.०२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

नाफा बढेसँगै प्रतिसेयर आम्दानी ६.९४ रुपैयाँबाट बढेर २८.१७ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ र पीई रेसियो ७.४५ गुणा रहेको छ।

बैंकको पुँजी कोष अनुपात १३.५५ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजीकोष अनुपात ९.९२ प्रतिशत कायम भएको छ। यसले बैंकको पुँजीगत अवस्था पनि सुधारिएको देखाउँछ।

यद्यपि, निष्क्रिय कर्जा बैंकका लागि अझै ठूलो चुनौती बनेको छ। निष्क्रिय कर्जा अनुपात ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ। तर, निष्क्रिय कर्जाको प्रोभिजन कभरेज १११.७५ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.९४ प्रतिशत रहेको छ।

बैंकले ब्याज नउठेको रकमबापत ३६ अर्ब ४२ करोड रुपैयाँ नियामकीय जगेडा कोषमा राखेको छ। गैरबैंकिङ सम्पत्ति बिक्रीबाट करिब १४ करोड रुपैयाँ भने नियामकीय जगेडाबाट फिर्ता गरेको छ। बैंकको आधार दर ५.०८ प्रतिशत र स्प्रेड दर ३.११ प्रतिशतमा झरेको छ।

समग्रमा, उच्च नाफा, प्रोभिजन राइटब्याक र सञ्चित नोक्सानी हटाउन सफल हुनु कुमारी बैंकको ठूलो वित्तीय सुधार हो। तर, निष्क्रिय कर्जा उच्च रहेकाले आगामी वर्षको लाभांश क्षमता बैंकले नाफा मात्र होइन, कर्जा गुणस्तर र असुलीमा कति सुधार गर्छ भन्नेमा पनि निर्भर रहनेछ।

2