Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

हेटौँडा सिमेन्टका कर्मचारी १४ महिनादेखि तलबविहीन

अ+ अ-

हेटौँडा। हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीले १४ महिनादेखि तलब पाउन सकेका छैनन्। उद्योग लामो समयदेखि बन्द हुँदा नियमित पारिश्रमिकसँगै सञ्चय कोष, नागरिक लगानी कोष, बिमा र अवकाशपछिको उपदानसमेत रोकिएको छ।

उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलब तथा सुविधाबापत मात्रै १२ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। दक्ष तथा अदक्ष श्रमिकको ज्याला, सुरक्षा सेवा र अतिरिक्त समयको पारिश्रमिकसहित श्रमसम्बन्धी दायित्वसमेत करोडौँ रुपैयाँ पुगेको छ।

उद्योगका अनुसार श्रमिकको ज्यालाबापत १ करोड ५३ लाख, सुरक्षा सेवाबापत १ करोड ८४ लाख र अतिरिक्त कार्यसमयबापत ७२ लाख ४८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ। त्यस्तै सामूहिक जीवन बिमा, सञ्चय कोष, नागरिक लगानी कोष, अवकाशप्राप्त कर्मचारीको उपदान र तलब कट्टीसम्बन्धी दायित्व पनि बाँकी छ।

लामो समयदेखि तलब नपाउँदा कर्मचारीको घरखर्च, ऋणको किस्ता तथा छोराछोरीको शिक्षासमेत प्रभावित भएको कर्मचारीको गुनासो छ। उनीहरूले तलब तथा रोकिएका सुविधा तत्काल उपलब्ध गराउन माग गर्दै सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराएका छन्।

उद्योगका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार उद्योग करिब तीन वर्षदेखि सञ्चालनमा छैन। चालु पुँजी अभावका कारण उद्योग पूर्ण रूपमा बन्द रहेको र कोइला तथा जिप्सम खरिद गर्नसमेत रकम नभएको उहाँले बताउनुभयो।

उद्योग सञ्चालनका लागि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कर्जा सुविधाको माग गरिए पनि अहिलेसम्म ठोस निर्णय नभएको श्रेष्ठको भनाइ छ। रासस

2