Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

डोङफेङले नेपालमा ल्यायो दुई नयाँ बस, मूल्य १.१४ करोडदेखि

अ+ अ-

काठमाडौं। चिनियाँ सवारीसाधन निर्माता डोङफेङले नेपालमा दुई नयाँ बस सार्वजनिक गरेको छ।

काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले ७.२ मिटरको कम्फर्ट बस र सिटी बस सार्वजनिक गरेको हो।

नेपालका लागि डोङफेङको आधिकारिक वितरक हिमालय अर्गनाइजेसनको सहायक कम्पनी आयाम इन्टरकन्टिनेन्टलले नयाँ बस सार्वजनिक गरेको हो। कम्पनीले नयाँ मोडलमार्फत नेपाली बस बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने जनाएको छ।

७.२ मिटरको कम्फर्ट बसमा चालकसहित २५+१ सिट र सिटी बसमा २७+१ सिट क्षमता छ। दुवैको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।

एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई अधिकतम ५ लाख रुपैयाँसम्म छुट दिइनेछ। यो सुविधा पहिलो ५० बुकिङमा मात्र लागू हुनेछ।

नयाँ बसमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ। ग्राहकले थप तीन वर्षको अतिरिक्त वारेन्टी पनि खरिद गर्न सक्नेछन्।

दुवै बसमा एसी स्ट्यान्डर्ड रूपमा उपलब्ध छैन। ग्राहकको मागअनुसार अतिरिक्त शुल्कमा एसी तथा लक्जरी सिट जडान गर्न सकिने कम्पनीले जनाएको छ। एक वा दुई प्रवेशद्वारको विकल्प पनि उपलब्ध छ।

आयाम इन्टरकन्टिनेन्टलले आगामी दिनमा ७.२ मिटरको स्कुल बस, ३८ सिट क्षमताको ९ मिटर बस र ५२ सिट क्षमताको १२ मिटर बस पनि नेपाली बजारमा ल्याउने तयारी गरेको छ।

2