Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

नाइमा एक्स्पोमा पाँच दिनमै १ लाख ५० हजार दर्शक

नाइमा एक्स्पोमा पाँच दिनमै १ लाख ५० हजार दर्शक
A A+ A-

काठमाडौं। भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ ले पाँच दिनमै आयोजकको लक्ष्य पूरा गरेको छ।

शनिबार मात्रै ४२ हजार दर्शक पुगेपछि पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या १ लाख ५० हजार नाघेको छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा १ लाख ५० हजार दर्शक आउने लक्ष्य राखेको थियो। आइतबार समापन हुने एक्स्पोमा अन्तिम दिनसम्म संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

शनिबार भीड अत्यधिक बढेपछि पार्किङ व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको थियो। लगातारको वर्षाका बाबजुद दर्शकको उत्साह भने घटेन।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै ग्राहक आकर्षित गरिरहेका छन्। हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्।

विद्युतीय सवारीप्रति विशेष आकर्षण देखिएको एक्स्पोमा ग्राहकले ब्याट्री क्षमता, रेन्ज, बिक्रीपछिको सेवा, वारेन्टी र रिसेल भ्यालुमा बढी चासो देखाएका छन्।

कम्पनीहरूले मूल्य छुट, बीमा, सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत कर्जालगायत अफर ल्याएका छन्। बैंक तथा बीमा कम्पनीहरूले पनि एक्स्पोमै विशेष योजना उपलब्ध गराएका छन्।

एक्स्पोको अन्तिम दिनसम्म नयाँ विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्।

2