Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

ट्रम्पलाई इरानी सांसदको चेतावनी– ‘हर्मुजको चिन्ता होइन, आफ्नै सुरक्षामा ध्यान दिनुहोस्’

अ+ अ-

काठमाण्डौ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्मुज जलमार्गसम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अजीजीले ट्रम्पलाई हर्मुज जलमार्गबारे धम्की दिनुभन्दा आफ्नै सुरक्षाको ख्याल गर्न सुझाव दिएका छन्। उनले ट्रम्पलाई विगतमा जस्तै सुरक्षाका लागि फेरि ‘खानाको ट्रक’मा लुक्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरेका छन्।

ट्रम्पले हालै हर्मुज जलमार्गलाई अमेरिकी नियन्त्रणमा ल्याउने संकेत गर्दै आवश्यक परे त्यसलाई अमेरिकाको क्षेत्र घोषणा गर्ने बताएका थिए। उनको भनाइपछि इरानी अधिकारीहरूले आपत्ति जनाउँदै आएका छन्।

ह्वाइट हाउसले ट्रम्पको उक्त भनाइलाई ठट्टाका रूपमा व्याख्या गरे पनि यसले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको छ। इरान र अमेरिकाबीच बढ्दो तनावका कारण विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग मानिने हर्मुज जलडमरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ।

2