Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चीनमा पहिलोपटक नयाँ ऊर्जा सवारीको बिक्री हिस्सा ६० प्रतिशत नाघ्यो

अ+ अ-

बेइजिङ। चीनमा नयाँ ऊर्जा सवारीसाधन (एनईभी) को बिक्रीले पहिलोपटक कुल नयाँ सवारीसाधन बिक्रीको ६० प्रतिशत हिस्सा पार गरेको छ।

उद्योगको पछिल्लो तथ्यांकअनुसार विद्युतीय तथा अन्य नयाँ ऊर्जा सवारीसाधन चिनियाँ अटोमोबाइल बजारको मुख्य वृद्धि चालकका रूपमा स्थापित हुँदै गएका छन्।

चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईमा चीनमा १५ लाख ७६ हजार एनईभी उत्पादन भएका थिए। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.८ प्रतिशत बढी हो। बिक्री भने २३.७ प्रतिशतले बढेर १५ लाख ६१ हजार युनिट पुगेको छ।

जुलाईको कुल नयाँ सवारी बिक्रीमा एनईभीको हिस्सा ६०.४ प्रतिशत पुगेको हो। यसमा यात्रुवाहकसँगै व्यावसायिक सवारीसाधन तथा घरेलु र अन्तर्राष्ट्रिय बजारमा भएका बिक्रीसमेत समेटिएको छ।

एनईभीको हिस्सा जुलाईमा मात्र ६० प्रतिशत नाघेको होइन। जनवरीदेखि जुलाईसम्म चीनमा ९० लाख १४ हजार एनईभी उत्पादन भएका छन्। उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.५ प्रतिशत बढेको हो। यस अवधिमा बिक्री ९० लाख ७ हजार युनिट पुगेको छ, जुन ९.६ प्रतिशत वृद्धि हो।

सात महिनाको कुल नयाँ सवारी बिक्रीमा एनईभीको हिस्सा ५१.२ प्रतिशत पुगेको छ। पहिलोपटक सात महिनाको संचयी बिक्रीमा नयाँ ऊर्जा सवारीको हिस्सा ५० प्रतिशतभन्दा माथि पुगेको हो।

समग्र अटो बजार भने सुस्त

एनईभीको तीव्र विस्तार भइरहे पनि चीनको समग्र अटो बजारमा भने जुलाईमा कमजोरी देखिएको छ। जुलाईमा कुल २५ लाख ७३ हजार सवारी उत्पादन र २५ लाख ८४ हजार युनिट बिक्री भएका छन्।

उत्पादन अघिल्लो महिनाको तुलनामा ६.८ प्रतिशत र बिक्री ८ प्रतिशत घटेको छ। अघिल्लो वर्षको जुलाईसँग तुलना गर्दा उत्पादन ०.७ प्रतिशत र बिक्री ०.३ प्रतिशत घटेको सीएएएमले जनाएको छ।

सीएएएमका उपमहासचिव चेन सिह्वाका अनुसार जुलाई चीनको अटो बजारको परम्परागत रूपमा कमजोर बिक्री हुने समय हो। सो अवधिमा शोरुममा ग्राहकको आवागमन र अर्डर घटेका थिए। साथै केही कम्पनीले मध्यवर्षीय बिक्री अभियानमार्फत मागलाई अगाडि तानेका कारण पनि जुलाईको बजार प्रभावित भएको उनको भनाइ छ।

तातो मौसम, आँधी तथा केही क्षेत्रमा आएको बाढीले समेत शोरुममा ग्राहकको आवागमन घटाएको उनले बताए।

तर एनईभी र निर्यातको तीव्र वृद्धिले घरेलु बजारको कमजोरीलाई केही हदसम्म सन्तुलन गरेको चेनले बताए। उनका अनुसार जनवरीदेखि जुलाईसम्म १ लाखदेखि २ लाख युआन मूल्य समूहका नयाँ ऊर्जा यात्रुवाहक सवारीले बजारको मुख्य बिक्री आधार धानेका छन्।

निर्यातमा पनि एनईभीको दबदबा

चीनको एनईभी वृद्धिको अर्को प्रमुख आधार निर्यात बनेको छ। जुलाईमा चीनबाट ५ लाख ५३ हजार एनईभी निर्यात भएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १४५.५ प्रतिशत बढी हो।

जुलाईमा चीनले कुल १० लाख ४३ हजार सवारीसाधन निर्यात गरेको थियो। यसमध्ये एनईभीको हिस्सा करिब ५३ प्रतिशत पुगेको छ। लगातार दोस्रो महिनामा चीनको कुल सवारी निर्यातमा एनईभीको हिस्सा ५० प्रतिशतभन्दा माथि पुगेको हो।

चेनका अनुसार परम्परागत पेट्रोल तथा डिजेल सवारीले लामो समयसम्म चीनको अटो निर्यातमा प्रभुत्व जमाए पनि पछिल्लो समय संरचना तीव्र रूपमा परिवर्तन भइरहेको छ। जुन र जुलाईमा लगातार दुई महिनासम्म एनईभीको निर्यात हिस्सा परम्परागत इन्धन सवारीभन्दा बढी भएको उनले बताए।

चेनले यस वर्ष चीनको एनईभी निर्यात ४० लाख युनिटभन्दा माथि पुग्ने अपेक्षा गरेका छन्।

विश्वकै पूर्ण विकसित एनईभी आपूर्ति शृंखला र स्मार्ट प्रविधिमा चीनको बलियो प्रतिस्पर्धात्मक क्षमता रहेकाले आगामी दिनमा चिनियाँ सवारीसाधनको विश्व बजारमा प्रतिस्पर्धात्मकता थप बलियो हुने उनको भनाइ छ।

2