Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मुस्ताङसहितका ब्रान्डको चामल बेच्ने रोयल राइस मिलको व्यापार ११ प्रतिशत बढ्यो

अ+ अ-

काठमाडौं । रोयल राइस मिलको कारोबार गत आर्थिक वर्षमा ११ प्रतिशतले बढेको छ। कम्पनीले सन् २०२५ मा गरेको १ अर्ब ५९ करोड ९० लाख रुपैयाँको व्यापार बढाएर गत आर्थिक वर्षमा १ अर्ब ७८ करोड ३० लाख रुपैयाँ पुर्‍याएको हो।

कम्पनीले सन् २०२४ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। यस हिसाबले कम्पनीको कारोबार पछिल्ला वर्षमा तुलनात्मक रूपमा स्थिर देखिए पनि गत आवमा पुनः वृद्धि भएको छ।

धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको रोयल राइस मिल सन् २०२१ मा स्थापना भएको हो। कम्पनीले मुस्ताङ, कायरा र नेपाल गोल्ड ब्रान्डमा सर्ट ग्रेन तथा लङ ग्रेन चामल उत्पादन तथा बिक्री गर्दै आएको छ।

कम्पनीका उत्पादन ५ केजीदेखि २५ केजीसम्मका प्याकेजमा बजारमा उपलब्ध छन्। कम्पनीले प्रतिघण्टा १६ मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता राखेको छ।

कम्पनीको सञ्चालन मार्जिन गत आवमा १०.३० प्रतिशत रहेको छ। कारोबार विस्तारसँगै कम्पनीको वित्तीय सूचकमा पनि केही सुधार देखिएको छ।

कम्पनीको समग्र गियरिङ अनुपात गत आवमा ३.१६ गुणा कायम भएको छ। अघिल्लो वर्ष अर्थात् सन् २०२५ मा यस्तो अनुपात ३.६९ गुणा थियो। कम्पनीले सो अवधिमा ५ करोड ८० लाख रुपैयाँ इक्विटी थप गरेपछि ऋणमा आधारित वित्तीय संरचनामा सुधार आएको जनाएको छ।

त्यस्तै, कम्पनीको ब्याज भुक्तानी क्षमता पनि सुधारिएको छ। सन् २०२५ मा १.४६ गुणा रहेको ब्याज कभरेज अनुपात गत आवमा बढेर २.५७ गुणा पुगेको छ। यसले कम्पनीको ब्याज खर्च धान्ने क्षमता अघिल्लो अवधिको तुलनामा बलियो बनेको देखाउँछ।

कम्पनीको कुल ऋण तथा कुल नगद सञ्चितिको अनुपातमा समेत सुधार आएको छ। सन् २०२५ मा ३६.८२ गुणा रहेको यस्तो अनुपात गत आवमा घटेर ११.९१ गुणा कायम भएको छ।

प्रमिल न्यौपानेको व्यवस्थापनमा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब २३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ।

कम्पनीले ४२ करोड २५ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि बीबी माइनस र ८१ करोड ३५ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि ए फोर रेटिङ प्राप्त गरेको छ।

2