Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बीवाईडीका गाडीमा एनसेलको आईओटी सिम

बीवाईडीका गाडीमा एनसेलको आईओटी सिम
A A+ A-

काठमाडौं । एनसेल र नेपालका लागि बीवाईडीका आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सेवा उपलब्ध गराउने साझेदारी भएको छ । साझेदारीसँगै नेपालमा बिक्री हुने बीवाईडीका सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिने भएको छ ।

आईओटी सिममार्फत सवारीसाधनमा अतिरिक्त उपकरण, मोबाइल हटस्पट वा फोन कनेक्ट नगरी इन-भेइकल इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ । यसले बीवाईडीको एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

सिम जडान भएपछि सवारीसाधनको प्रणालीबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायत अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन प्रयोग गर्न सकिनेछ । त्यस्तै, कनेक्टेड नेभिगेसनलगायतका सुविधामा पनि प्रत्यक्ष इन्टरनेट कनेक्टिभिटी उपयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार साझेदारीले बीवाईडीका सवारीसाधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको अनुभव थप सहज बनाउनेछ ।

यो सुविधा नयाँ बीवाईडी ग्राहकमा मात्र सीमित हुने छैन । यसअघि बीवाईडीका सवारीसाधन खरिद गरिसकेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक सर्भिस सेन्टरमार्फत आफ्नो सवारीमा एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन् ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडीका ग्राहकको कनेक्टेड ड्राइभिङ अनुभव थप उन्नत बनाउने बताए । उनका अनुसार भरपर्दो इन-भेइकल कनेक्टिभिटीले बीवाईडीका स्मार्ट सुविधाको प्रयोगलाई थप सहज बनाउनेछ ।

कनेक्टिभिटीको सुविधा सवारीसाधनको मोडल, सफ्टवेयर तथा नेपालमा उपलब्ध सेवाअनुसार फरक हुन सक्ने कम्पनीले जनाएको छ । ग्राहकअनुसार कनेक्टिभिटी योजना, अवधि र शुल्क पनि सवारीसाधन वा सेवा प्याकेजअनुसार निर्धारण हुनेछ ।

2