काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा विजय श्रेष्ठ नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रमुख प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रमुख प्रशासक नियुक्तिका लागि गठित छनोट समितिले जीवन कटुवाल, विजय श्रेष्ठ र भरतराज बस्तीको नाम सिफारिस गरेको थियो। समितिको सिफारिसमध्ये श्रेष्ठलाई मन्त्रिपरिषद्ले प्रमुख प्रशासकमा नियुक्त गरेको हो।
श्रेष्ठले अब कर्मचारी सञ्चय कोषको नेतृत्व सम्हाल्नेछन्। यसअघि प्रमुख प्रशासक रहेका जितेन्द्र धिताललाई रास्वपा नेतृत्वको सरकारले अध्यादेशमार्फत पदमुक्त गरेपछि कोषको प्रमुख प्रशासक पद रिक्त थियो।
