Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

नाडामा नयाँ ब्रान्डको धमाकेदार इन्ट्री

नाडामा नयाँ ब्रान्डको धमाकेदार इन्ट्री
A A+ A-

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ मा यसपटक केही नयाँ ब्रान्डले पहिलोपटक सहभागिता जनाउने भएका छन् । नयाँ ब्रान्ड र नयाँ प्रविधिको प्रवेशसँगै नेपाली अटो बजारमा मूल्य, डिजाइन, प्रविधि, रेन्ज र बिक्रीपछिको सेवामा प्रतिस्पर्धा थप चर्किने देखिएको छ ।

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ संस्करणको नाडा अटो शोमा चारपाङ्ग्रेतर्फ जेटोर तथा दुईपाङ्ग्रेतर्फ यात्री, क्युजे मोटर, मेटा ईभीलगायतका ब्रान्ड पहिलोपटक सहभागी हुँदैछन् । पेट्रोल मोटरसाइकलदेखि विद्युतीय स्कुटरसम्मका नयाँ उत्पादन प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ ।

यसपटकको प्रदर्शनीमा चिनियाँ ब्रान्ड क्युजे मोटर र मेटा ईभीले नेपाली उपभोक्तामाझ आफ्ना उत्पादन प्रस्तुत गर्नेछन् । भारतमा उत्पादन भएका रेभोल्ट र एम्पेयरका विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनले पनि नाडामा उपस्थिति जनाउने तयारी गरेका छन् । भारतीय इलेक्ट्रिक ब्रान्ड भिडा पनि नाडामा पहिलोपटक सहभागी हुँदैछ ।

नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली उपभोक्ताका लागि सवारीसाधन छनोटको दायरा फराकिलो हुने भएको छ । विशेषगरी विद्युतीय सवारीसाधनमा नयाँ प्रविधि, लामो रेन्ज, आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यसहित बजारमा प्रवेश गर्ने होड बढेको छ ।

नाडा अटो शो कम्पनीहरूका लागि नयाँ मोडल सार्वजनिक गर्ने, प्रविधि प्रदर्शन गर्ने र बजार विस्तार गर्ने प्रमुख प्लेटफर्म बन्दै आएको छ । त्यसैले नयाँ ब्रान्डले प्रदर्शनीलाई नेपाली बजारमा आफ्नो पहिचान स्थापित गर्ने अवसरका रूपमा प्रयोग गर्ने देखिन्छ ।

यसपटक नाडामा दुईपाङ्ग्रे सवारीसाधनतर्फ १२ वटा ब्रान्ड सहभागी हुने तयारीमा छन् । पुराना स्थापित ब्रान्डसँगै नयाँ कम्पनीको प्रवेशले प्रदर्शनीलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

यात्री पी२ मा बढ्दो चासो

नेपालमै डिजाइन, विकास र उत्पादन गरिएको यात्रीको इलेक्ट्रिक स्कुटर पी२ नाडा अटो शोमा पहिलोपटक सार्वजनिक हुँदैछ । सिप्रदी र यात्रीको सहकार्यमा विकास गरिएको यो स्कुटर औपचारिक रूपमा बजारमा आउनुअघि नै चर्चामा छ ।

कम्पनीका अनुसार पी२ को डिजाइनदेखि विकास र उत्पादनसम्मको काम नेपालमै गरिएको हो । नेपाली बजारमा उपलब्ध स्कुटरका कमजोरीलाई ध्यानमा राखेर नयाँ डिजाइन र प्रविधिसहित पी२ तयार गरिएको कम्पनीको दाबी छ ।

पी२ को विशेष आकर्षणका रूपमा दुईपाङ्ग्रे सवारीमा पहिलोपटक डीसी चार्जर प्रयोग गरिएको कम्पनीले जनाएको छ । स्कुटरलाई नेपालका विभिन्न स्थानमा १ लाखभन्दा बढी किलोमिटर परीक्षण गरिएको दाबी गरिएको छ ।

हालसम्म स्कुटरका सबै प्राविधिक विवरण सार्वजनिक गरिएको छैन । कम्पनीले सार्वजनिक गरेका टिजर तथा परीक्षणका क्रममा देखिएका तस्बिरअनुसार पी२ को डिजाइन परम्परागत स्कुटरभन्दा फरक छ । मोटरसाइकलजस्तो देखिने अगाडिको भाग, मस्कुलर रियर डिजाइन, एलईडी हेडलाइट र फराकिलो सिट यसको प्रमुख विशेषता देखिन्छ ।

पी२ मा १४ इन्चको एलोय ह्विल, आल्मुनियम स्विङआर्म र डबल साइडेड स्प्रिङ सस्पेन्सन प्रयोग गरिएको देखिन्छ । मिडमाउन्ट मोटर, फराकिलो फ्लोरबोर्ड तथा शार्प एज डिजाइनले यसलाई अन्य इलेक्ट्रिक स्कुटरभन्दा फरक देखाउने प्रयास गरिएको छ । ब्याट्री क्षमता र मोटर पावरबारे भने कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

क्युजेका पाँच बाइक र ईभी

क्युजे मोटर पनि नाडामा पहिलोपटक सहभागी हुँदैछ । हाइली एड्भान्स मोटर (ह्याम्स) ले यो ब्रान्डका उत्पादन प्रदर्शनीमा राख्ने तयारी गरेको छ ।

ह्याम्सले १२५ सीसीदेखि ३०० सीसीसम्मका पाँच मोडलका मोटरसाइकल तथा इलेक्ट्रिक र पेट्रोल गरी विभिन्न स्कुटर प्रदर्शन गर्ने तयारी गरेको छ । यद्यपि नाडामा कुन–कुन मोडल राखिने भन्ने अन्तिम विवरण सार्वजनिक गरिएको छैन ।

क्युजे इटालियन ब्रान्ड भए पनि यसको उत्पादन चीनमा हुँदै आएको छ । कम्पनीले १३० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको दाबी गरेको छ । साना क्षमताका स्कुटरदेखि नेकेड, क्रुजर, एड्भेन्चर र स्पोर्ट्स मोटरसाइकलसम्म उत्पादन गर्दै आएको क्युजेले पछिल्लो समय विद्युतीय सवारीसाधनमा समेत लगानी विस्तार गरिरहेको छ ।

भिडा र मेटा ईभीको तयारी

भारतीय इलेक्ट्रिक ब्रान्ड भिडा नेपाली बजारमा नयाँ भए पनि नाडा अटो शोमा भने पहिलोपटक सहभागी हुँदैछ । नेपालमा हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले भिडाका उत्पादन बिक्री गर्दै आएको छ ।

भिडाले नेपाली बजारमा भीएक्स२ का दुई भेरियन्ट उपलब्ध गराएको छ । भीएक्स२ गोको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र भीएक्स२ प्लसको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

गो भेरियन्टमा २.२ किलोवाटआवर र प्लसमा ४.४ किलोवाटआवरको ब्याट्री उपलब्ध छ । कम्पनीका अनुसार यी मोडलले एकपटकको पूर्ण चार्जमा क्रमशः ९३ किलोमिटर र १८७ किलोमिटर आईडीसी रेन्ज दिन्छन् ।

त्यस्तै मेटा ईभी पनि नाडामा पहिलोपटक सहभागी हुँदैछ । कम्पनीले कुन मोडल र कस्ता उत्पादन प्रदर्शनीमा राख्ने भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

नयाँ ब्रान्डको यो प्रवेशले नेपाली अटो बजारको बदलिँदो स्वरूपलाई समेत देखाएको छ । विशेषगरी विद्युतीय सवारीसाधनमा बढ्दो मागसँगै नयाँ कम्पनीहरू बजार प्रवेश गरिरहेका छन् । अब प्रतिस्पर्धा केवल ब्रान्ड र मूल्यमा सीमित नरही प्रविधि, ब्याट्री क्षमता, रेन्ज, डिजाइन, चार्जिङ सुविधा र बिक्रीपछिको सेवासम्म विस्तार हुने देखिएको छ ।

यसको प्रत्यक्ष लाभ भने उपभोक्ताले पाउने सम्भावना छ । धेरै ब्रान्ड र मोडलबीच प्रतिस्पर्धा बढ्दा कम्पनीहरूलाई मूल्य प्रतिस्पर्धी बनाउन, नयाँ प्रविधि भित्र्याउन र ग्राहक सेवामा सुधार गर्न दबाब पर्नेछ ।

2