Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एक्सट्रिम पीएमएनसी फाइनल भोलि

अ+ अ-

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकको आयोजनामा ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता भोलि र पर्सी काठमाडौंमा हुँदैछ ।

दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

‘रोड टू पीएमजीसी’ अभियानअन्तर्गत आयोजना गरिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक ई–स्पोट्र्स गतिविधिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अघि बढ्ने अवसरसमेत पाउने आयोजकको भनाइ छ ।

नेपालमा पछिल्लो समय ई–स्पोट्र्सको लोकप्रियता बढ्दै गएसँगै पब्जी मोबाइलका प्रतिस्पर्धात्मक प्रतियोगितासमेत नियमित रूपमा आयोजना भइरहेका छन् । यही क्रममा आयोजना गरिएको पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनललाई नेपाली ई–स्पोट्र्सप्रेमीले चासोका साथ हेर्ने आयोजकको अपेक्षा छ ।

एक्सट्रिम इनर्जी ड्रिंकले यसअघि पनि नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सहकार्य गर्दै आएको छ । कम्पनीले क्रिकेटलगायत विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको जनाएको छ ।

दुईदिने प्रतियोगितामा उपाधिका लागि टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने टोली पहिचान हुने आयोजकको विश्वास छ ।

2