Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गान्धीका हस्तलिखित नोट २२ करोडमा बिक्री

अ+ अ-

एजेन्सी । भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीले आफ्ना निकट सहयोगीलाई लेखेका दुर्लभ हस्तलिखित नोटहरूको संग्रह मुम्बईमा भएको लिलामीमा १६ लाख ९० हजार अमेरिकी डलर अर्थात् करिब २२ करोड ६० लाख रुपैयाँमा बिक्री भएको छ । भारतीय ऐतिहासिक दस्तावेजका लागि लिलामीमा प्राप्त भएको यो अहिलेसम्मकै उच्च मूल्य भएको लिलामी संस्था साफ्रनआर्टले जनाएको छ ।

गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी. हिंगोरानीको परिवारले दशकौँदेखि संरक्षण गरेर राखेको उक्त संग्रहमा सन् १९४४ देखि १९४६ बीच गान्धीले लेखेका ६८८ वटा हस्तलिखित सन्देश छन् ।

यी सामग्रीमा गान्धीले सत्य, अहिंसा, आत्मसंयम र व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा आफ्ना विचार व्यक्त गरेका छन् । राजनीतिक भाषण र सार्वजनिक गतिविधिबाट चिनिने गान्धीको निजी सोच र व्यवहार बुझ्न यी सामग्री महत्वपूर्ण रहेको बताइएको छ ।

हिंगोरानीकी पत्नी विद्याको निधनपछि गान्धीले उनलाई करिब दुई वर्षसम्म मार्गदर्शन, सान्त्वना र प्रोत्साहन दिँदै यी सन्देश लेखेका थिए । पछि ती सन्देशलाई ‘अ थट फर द डे’ नामक पुस्तकमा समेत संग्रह गरिएको थियो ।

साफ्रनआर्टका सहसंस्थापक दिनेश व जिरानीका अनुसार संग्रहले गान्धीको सार्वजनिक व्यक्तित्वभन्दा बाहिर उनको व्यक्तिगत सम्बन्ध र विचारलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्छ ।

उनका अनुसार यी हस्तलिखित सामग्रीले गान्धीले सार्वजनिक रूपमा प्रतिपादन गर्ने सत्य, अहिंसा र आत्मसंयमजस्ता सिद्धान्तलाई आफ्नो व्यक्तिगत जीवनमा कसरी प्रयोग गर्थे भन्ने दुर्लभ प्रमाण प्रस्तुत गर्छन् ।

मुम्बईमा भएको लिलामी ‘गान्धीः आनन्द टी. हिंगोरानीको संग्रहबाट’ शीर्षकमा आयोजना गरिएको थियो । लिलामीमा कुल ८६ वटा ऐतिहासिक सामग्री राखिएका थिए । त्यसमा गान्धीका पत्र, पाण्डुलिपि, तस्बिर तथा व्यक्तिगत प्रयोगका सामग्री समावेश थिए ।

संग्रहले दुई दशकभन्दा लामो इतिहास समेटेको छ । यसमा भारतको स्वतन्त्रता आन्दोलनका महत्वपूर्ण घटनासँगै गान्धी र हिंगोरानीबीचको व्यक्तिगत सम्बन्धका विभिन्न पक्षसमेत उजागर हुने सामग्री छन् ।

लिलामीमा गान्धीले ईश्वर र हिन्दू धर्मग्रन्थ भगवद्गीताबारे गरेका टिप्पणी, उनले प्रयोग गर्ने पोर्टेबल चर्खा तथा धागो कताईलाई आध्यात्मिक अनुशासनका रूपमा व्याख्या गरिएका दुईवटा पत्रसमेत राखिएका थिए ।

लिलामीबाट खरिदकर्ताले तिरेको रकमले यी सामग्रीको ऐतिहासिक तथा संग्रहणीय महत्वसमेत देखाएको छ । साफ्रनआर्टले भने खरिदकर्ताको पहिचान सार्वजनिक गरेको छैन । तर बिक्री भएका महत्वपूर्ण हस्तलिखित नोटहरू भारतबाट बाहिर नजाने र भारतमै रहने जानकारी दिएको छ ।

गान्धीले बेलायती शासनविरुद्ध भारतको स्वतन्त्रता आन्दोलनलाई अहिंसात्मक आन्दोलनमार्फत नेतृत्व गरेका थिए । भारतमा उनलाई ‘राष्ट्रपिता’का रूपमा सम्मान गरिन्छ । उनका राजनीतिक विचार र सार्वजनिक जीवनसँग सम्बन्धित सामग्री विश्वभर संग्रहकर्ताका लागि महत्वपूर्ण मानिन्छन् ।

तर पछिल्लो लिलामीमा बिक्री भएको यो संग्रहको विशेषता गान्धीको राजनीतिक जीवन मात्र होइन, उनको निजी सोच, सम्बन्ध र दैनिक जीवनसँग जोडिएका अभिव्यक्ति हुनु हो । त्यसैले ६८८ हस्तलिखित नोटलाई गान्धीको व्यक्तिगत विचार र व्यवहार बुझ्ने महत्वपूर्ण ऐतिहासिक अभिलेखका रूपमा हेरिएको छ ।

2